रियल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने

काठमाडौं, २१ वैशाख । स्पेनिस क्लब रियल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ । ११ मेबाट रियल मड्रिड अभ्यासमा फर्किने स्पेनिस मिडिया ‘मार्का’ले जनाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण ला लिगा क्लबहरूले प्रशिक्षण गर्न पाएका थिएनन् । प्रियिमर लिग र बुन्डेसलिगाका क्लबहरू भने केही दिन अगाडिबाट नै प्रशिक्षणमा फर्किसकेका छन् ।

यस्तैमा जिनेदिन जिदान नेतृत्त्वको टोली अर्को साताबाट अभ्यासमा फर्किने भएका हुन् ।

रियलको भाल्डेबेबास प्रशिक्षणस्थल स्वास्थ्य अवस्थाका कारण पूर्ण रुपमा तयार भएपछि क्लब तयारीमा फर्किने भएको हो ।

खबरका अनुसार प्रशिक्षणका बेला खेलाडीलाई व्यक्तिगत रूपमा प्रशिक्षण गराइने भएको छ ।

यसैगरी रियलले सामाजिक दुरीलाई पनि कायम राखेर अभ्यास गरिने जनाइएको छ ।

प्रशिक्षण स्थलमा बाहिरको व्यक्तिहरूले प्रवेश रोक लगाइएको छ ।

ला लिगाका खेलाडीहरूको कोरोना परीक्षण पनि अर्को साता गरिने छ । स्पेन सरकारले लगाएको लकडाउन अहिले खुल्ला गरिएको छ ।

कोरोना भाइरसको दोस्रो बढी प्रभावित राष्ट्र स्पेनमा २ लाख ४५ हजारभन्दा बढी संक्रमित छन् भने २५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Loading...