birat ribon

झापामा फ्रिजको तार सर्ट भइ करेन्ट लाग्दा एक जनाको मृत्यु

Neuro
झापामा फ्रिजको तार सर्ट भइ करेन्ट लाग्दा एक जनाको मृत्यु

झापा, २१ वैैशाख । झापामा फ्रिजको तार सर्ट भइ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–१ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको हो ।

cura insider

शनिबार बेलुका साँढे ७ बजेको समयमा आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भइ अचानक करेन्ट लाग्दा गड्तौला घाइते भएका थिए ।

गम्भीर घाइते गड्तौलालाई उपचारको लागि झापाको बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

jackson ribon