birat ribon

तमोर नदीले बगाएर बेपत्ता भएका एक युवक १० दिनपछि मृत फेला

Neuro
तमोर नदीले बगाएर बेपत्ता भएका एक युवक १० दिनपछि मृत फेला

ताप्लेजुङ, २१ वैशाख । तमोर नदीले बगाएर बेपत्ता भएका एक युवक १० दिनपछि मृत फेला परेका छन् ।

१० वैशाखमा तमोर नदीमा माछा मार्न गएका आठराई त्रिवेणी गाउँपालिका–२ का १७ वर्षीय मनोज काम्बाङ हराएको १० दिनपछि मृत फेला परेका हुन् ।

cura insider

नदीमा माछा मार्न गएका काम्बाङ हराएर बेपत्ता भएसँगै खोजतलास गरिरहेको प्रहरी र स्थानियवासीको टोलीले शनिबार बेलुका साँढे ६ बजे तेह्रथुमको आठराई गाउँपालिका–२ को ईवा र आठराई गाउँपालिका–३ ह्याकुको सिमानामा पर्ने हिउँदिया दोभानमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

jackson ribon