पीएसजीलाई समस्या : काभानी पनि क्लब छोड्ने मनसायमा

एजेन्सी, २१ वैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार इडिन्सन काभानीलाई एथ्लेटिको मड्रिडले भित्र्याउन चाहेको बताइएको छ ।

एथ्लेटिकोले उरुग्वेका स्टार खेलाडी काभानीलाई यसै समरमा अनुबन्ध गर्न चाहेको स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिभने’ले जनाएको छ ।

खबरका अनुसार एथ्लेटिकाले प्रतिसिजन १० मिलियन युरो दिँदै २ वर्षे सम्झौताका साथ काभानीलाई अफर गरेको छ ।

यसै समरमा पीएसजी र काभानीबीचको सम्झौता सकिँदैछ ।

पीएसजीले सम्झौता नवीरकणका लागि प्रयास नथालेपछि काभानीले क्लब छोड्ने मनसाय देखाएको जनाइएको छ ।

यसै मौकामा काभानीमाथि एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले नजर लगाएका हुन् ।

३३ वर्षीय काभानीलाई आगामी सिजनसम्ममा क्लबमा अनुबन्ध गर्ने सिमोनको योजना रहेको मुन्डो डिपोर्टिभोले जनाएको छ ।

काभानीले फ्रान्सको राजधानीमा रहेर ३०० खेल खेल्दै २ सय गोल गरेका छन् ।

उनले पनि क्लब छोड्ने मनसाय बनाएपछि पीएसजीलाई अफ्ठेरोमा परेको छ ।

पछिल्लो समय पीएसजीका स्टारद्वय नेयमार र किलियन एम्बाप्पे पनि ला लिगा क्लबसँग जोडिएका छन् ।

ब्राजिलियन स्टार नेयमार पूर्वक्बल बार्सिलोनसँग जोडिएका छन् भने फ्रान्सका युवास्टार एम्बाप्पे रियल मड्रिडसँग जोडिएका छन् ।

यी दुवैले यसै समरमा स्पेनिस क्लब जाने मनसाय बनाएको बताइएको छ ।

Loading...