बार्सिलोना जाने विषयमा मार्टिनेज दोधारमा

एजेन्सी, २१ वैशाख । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लाउटारो मार्टिनेज आफ्नो सरुवाको विषयमा दोधारमा रहेको बताइएको छ ।

इटालियन मिडिया ‘एफसी इन्टरन्यूज’को एक रिपोर्टअनुसार अर्जेन्टिनी स्टार मार्टिनेज स्पेनिस क्लब बार्सिलोना जाने विषयमा दोधारमा छन् ।

बार्सिलोना जान अगाडि नै सहमत जनाइसकेका मार्टिनेजले इन्टरको सम्झौता नवीकरणको प्रस्ताव अस्वीकार पनि नगर्ने पक्षमा रहेको रिपोर्टको दाबी छ ।

गत जनवरीमा मात्र मार्टिनेजले आफू मिलानमा खुशी रहेको र क्लब छोड्न नचाहेको उल्लेख गरेका थिए ।

खबरका अनुसार मार्टिनेजले इन्टरमा भारी तलब वृद्धिका साथ सम्झौता नवीकरण गर्न चाहेका छन् ।

तर, कोरोना भाइरस महामारी चल्दैगर्दा उनले क्याप नोउ जाने मनसाय बनाएको इटालियन मिडियाले जनाएका छन् ।

यसैले गर्दा मार्टिनेज आफ्नो भविष्यलाई लिएर दोधारमा रहेको इटालियन मिडिया ‘एफसी इन्टरन्यूज’को एक रिपोर्टले जनाएको छ ।

Loading...