तीन जनामा कोरोना देखिएपनि कालोनको प्रशिक्षण जारी

एजेन्सी, २१ वैशाख । तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपनि जर्मन लिग बुन्डेसलिगा क्लबले प्रशिक्षणलाई निरन्तरता दिएको छ ।

अभ्यासको क्रममा कोलोनका तीन जना स्टाफमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो । तरपनि उसले आफ्नो प्रशिक्षणलाई निरन्तरता दिएको हो ।

कोलोनले गत बिहीबार प्रशिक्षक, अफिसियल तथा स्टाफसहित सबैको कोरोनाको परीक्षण गरेको थियो । जसमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।

यद्यपि, ती तीन जना सदस्यको पहिचान खुलाइएको छैन । जर्मन लिग ९ मेबाट सुचारु गर्ने आन्तरिक योजना थियो ।

Loading...