birat ribon

सडकमा खाना बाँड्ने युवाहरुलाई प्रचण्डले भनेः ‘अभियानलाई निरन्तरता दिनुहोला’

Neuro
सडकमा खाना बाँड्ने युवाहरुलाई प्रचण्डले भनेः ‘अभियानलाई निरन्तरता दिनुहोला’

विराटनगर, २० बैशाख । लकडाउनका कारण समस्या परेकाहरुलाई बसेकै स्थानमा खाना पुर्याउने विराटनगरका युवाहरुको अभियानलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले राम्रो काम भन्दै प्रशंसा गरेका छन् ।

खाना खुवाउने अभियानको नेतृत्व गरिरहेका विद्यार्थी नेता ओसिम आलमलाई भिडियो कलमा प्रचण्डले खाना खुवाउने अभियानको प्रशंसा गरेका हुन् ।

cura insider

भिडियो कलको व्यवस्थापन नेकपा युवा नेता जीवन आचार्यले मिलाएका थिए । आचार्य प्रचण्डका ज्वाईं हुन् ।

भिडियो कलमा प्रचण्डले सामाजिक सञ्जालमार्फत युवाहरुको काम हेरेको बताउँदै अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए । ‘भिडियो कलमा प्रचण्डले हाम्रो कामको तारिफ गर्नुभयो ।’ आलमले भने ‘ आवश्यक परे सहयोग गर्ने वचन दिनुभएको छ ।’

अभियानका बारेमा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले पनि टेलिफोन गरी चासो राखेको आलमले बताए ।

लकडाउका कारण समस्यामा परेकाहरुलाई विराटनगरका युवाहरुले ३३ दिनयता नियमित खाना खुवाइरहेका छन् ।

jackson ribon