birat ribon

सडकमा बसेकालाई खाना खुवाउने युवाहरुलाई प्रहरीको साथ

Neuro
सडकमा बसेकालाई खाना खुवाउने युवाहरुलाई प्रहरीको साथ

विराटनगर,२० बैशाख । लकडाउनका कारण समस्या परेकाहरुलाई विराटनगरका युवाहरुले नियमित खाना खुवाइरहेका छन । ३३ दिनयता युवाहरुले सडकमा बसेर गुजारा गराउनेहरुलाई नियमित खाना खुवाएका हुन ।

युवाहरूकाे अभियानलाइ प्रहरीले पनि साथ दिएकाे छ ।

cura insider

शनिबार ओसिम आलमसहितका युवाहरुले सञ्चालन गरेकाे अभियानमा मोरङ प्रहरी प्रमुख विश्व अधिकारी पनि सहभागि भएका थिए । शनिबार विहानको झरीमा युवाहरुसँगै पुगेर अधिकारीले सडका बसेकाहरूलाइ खाना वितरण गरे ।

विहान बेलुका बसेकै ठाउँमा पुग्छ खाना

लकडाउन लम्बिदै गर्दा मागेर र मजदूरी गरेर गुजारा चलाइरहेकाहरू भोकभोकै अवस्थामा परेपछि विराटनगरका वसिम आलम, पेरिस सुवेदी, पप्पु अन्सारीलगायत युवाहरूले खाना खुवाउने अभियान सुरु गरेका हुन ।

अभिायनमा दैनिक तीनसय बढीलाई खाना खुवाइरहेको छन । बिहान २४० र बेलुका ११० जनालाई खाना खुवाइरहेको आलमले बताए । निरन्तर खाना खुवाउने अभियानमा सबैको सहयोग भएको उनले बताए ।

खाना र काम खोज्दै सडकमा आएकाहरुलाई युवाले बिहान र बेलुका उनीहरु बसेकै स्थानमा खानाको प्याकेट पूर्याउँदै आएका छन ।

jackson ribon