फरक यहि त छ !



म सुतेको देख्दा 

उसले सिरक ओडाउछ,

तर उ सुतेको बेला

म उठ्न लगाउछु।


म भोकाएको भन्दा 

उसले खाजा खुवाउछ,

तर उ भोकाएको बेला

म खन्चुवा बनाउछु।
म बिरामी हुँदा 

उसले पानी पिलाउछ,

तर उ बिरामी देख्दा

 म अल्छी देखाउछु।
म ढिला आउँदा

 उसले फोन गर्दछ,

तर उ ढिला हुँदा म गाली गर्दछु।
म उकालो हिड्दा 

उ लठ्ठी बन्दिन्छ,

तर उ थाके भन्दा म अटेरी भन्दिन्छु।

पदमकुमार श्रेष्ठ ” अरबिन्द “

Loading...