birat ribon

विराटनगरमा थपियो कोरोना परीक्षण ल्याब, दैनिक तीनसय नमुना परीक्षण गर्न सकिने

Neuro
विराटनगरमा थपियो कोरोना परीक्षण ल्याब, दैनिक तीनसय नमुना परीक्षण गर्न सकिने

विराटनगर, २० बैशाख । विराटनगरमा कोरोना परीक्षण ल्याब थप भएको छ । शनिबार ल्याब थप भएपछि दैनिक तीनसयजनाको नमुना परीक्षण गर्न सकिनेछ ।

Padelux insider
cura insider
ल्याबकाे निरीक्षणमा सामाजिक विकास मन्त्री जीवन घिमिरे

प्रदेश सरकारले प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा नयाँ परीक्षण स्थल बनाएको हो ।

ल्याब शनिबारबाट सञ्चालनमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

यस अघि प्रदेश १ मा कोशी अस्पताल विराटनगर र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस परीक्षण हुँदै आएको थियो ।

विराटनगरमा परीक्षण केन्द्र थप भएसँगै नेपालमा कोरोना परीक्षण स्थल १७ पुगेको छ ।

jackson ribon