युट्युबको टेण्डिङमा सौगात र बेनिशाको ‘झ्यानाकुटी’

विराटनगर, २० बैशाख । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित झ्यानाकुटी चलचित्र युट्युबमा सार्बजनिक भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण मानिसहरूको अधिकांश सूचना र मनोरञ्जनाको इन्टरनेट वेबसाइट र सामाजिक सञ्जाल प्रयोग गर्छन ।

होम क्वारेन्टाइनमा रहेका दर्शकका लागि ‘झ्यानाकुटी’ युट्युबमा रिलिज गरिएको हो ।

हाइलाइट्स नेपालले शुक्रवार फिल्म रिलिज गरे लगतै युट्युबको टेण्डिङमा परेको छ । तेस्रो नम्बरको टेण्डिङमा परेको फिल्म ८ लाख ७७ हजार बढिले हेरेका छन ।

फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको शीर्ष भूमिका छ ।

सिमोस सुनवारको निर्माण र निर्देशनमा तयार भएको फिल्मलाई अभिनेत्री निशा अधिकारीले पहिलो पटक निर्माण गरेकी हुन् ।

‘झ्यानाकुटी’मा सौगात र बेनिशाका साथ पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराईलगायतका कलाकारहरूको अभिनय छ ।

फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिमोस आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीले संगीत भरेका छन् भने फिल्मका गीतहरू सनिश र प्रदीपले मिलेर लेखेका हुन् ।

Loading...