birat ribon

अमेरिकामा कोरोना संक्रमितको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गरिने

Neuro
अमेरिकामा कोरोना संक्रमितको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गरिने

विराटनगर, २० बैशाख । अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोना भाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत दिएको छ ।

Padelux insider
cura insider

कोभिड– १९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न स्वीकृति दिएको हो ।

बीबीसीका अनुसार औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक हुने हुँदा एफडीएको आपत्‌कालीन अनुमति मात्र दिएको हो ।

विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोना भाइरसविरुद्ध औषधि नभएको बताएका छन् ।

रेम्डेसिभि एक एन्टीभाइरल औषधि हो जसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ ।

यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले गरेको अध्ययनले विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोना भाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउन १५ दिनबाट ११ दिनमा झरेको दाबी गरेको छ ।

१ हजार ६३ जनाले भाग लिएको अध्ययनमा केहीलाई रेम्डेसिभिर औषधि दिइएको र अन्यलाई नदिकनै उपचार गरिएको बताइएको छ ।

इन्स्टिट्यूटका प्रमुख डा. एन्थोनी फाउचीका अनुसार अध्ययनले देखाएको तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने र सकारात्मक असर पारेको देखाएको छ ।

तर, रेम्डेसिभिरले निको हुन सहयोग गर्ने र मानिसहरूलाई सघन उपचार कक्षको उपचार आवश्यक नपर्ने बनाउन सक्ने देखिए पनि मृत्युबाट बचाउने स्पष्ट आधार भने देखिएको छैन ।

औषधिले अस्पतालहरूमा चाप कम गर्न र लकडाउन खुकुलो पार्न सहयोग गर्ने सम्भावना देखाएको छ ।

jackson ribon