birat ribon

न्युरो एन्डोक्राइन ट्युमर : जसले गर्दा इरफान खानले ज्यान गुमाए

Neuro
न्युरो एन्डोक्राइन ट्युमर : जसले गर्दा इरफान खानले ज्यान गुमाए

विराटनगर, २० बैशाख । बलिउड अभिनेता इरफान खान ५४ वर्षको उमेरमै संसारबाट विदा भए । इरफानले २९ अप्रिल बुधवारका दिन मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास फेरेका थिए ।

Padelux insider
cura insider

उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । मंगलबार आमा बितेको चार दिनपछि क्यान्सरसँग पराजित भए । स्वास्थ्यमा समस्या आएपछि आईसीयूमा भर्ना गरिएको थियो । आइसीयूमा उपचारका क्रममा उनको निधन भयो ।

न्यूरो एन्डोक्राइन ट्यूमर ?

इरफानलाई न्यूरो एन्डोक्राइन ट्यूमर भनिने दुर्लभ रोग लागेको थियो । यो ट्यूमरले शरीरका विभिन्न भागहरूलाई लक्षित गर्छ ।

सन् २०१७ मा उनी यस रोगको उपचारका लागि विदेश गएका थिए । यो रोग शरीरको कुनै पनि भागमा ट्यूमरबाट शुरू हुन्छ । जब स्वस्थ डीएनए कोष बिग्रन्छ, ट्यूमर बन्न थाल्छ।

यस्तो अवस्थामा सेलको आकार बढ्न थाल्छ र यो अनियन्त्रित हुँदै जान्छ । ट्यूमर क्यान्सर युक्त हुन पनि सक्छ वा हुँदैन पनि ।

ट्यूमर बिस्तारै बढ्दै जान्छ र शरीरको अन्य भागहरूलाई हानि गर्न थाल्छ । सुरुमा उपचार नगरेको खण्डमा यो क्यान्सरको कारण बन्छ । क्यान्सर नभएका ट्युमरहरूलाई कुनै क्षति बिना हटाउन सकिन्छ ।

न्यूरोइन्डोक्राइन ट्यूमरलाई एनइटी पनि भनिन्छ । यो केही कोशिकामा बन्न सुरु हुन्छ ।

यसमा दुबै हार्मोन उत्पादन गर्ने इन्डोक्राइन कोषहरू र स्नायु कोषहरू प्रभावित हुन्छन् । यी दुबै शरीरका धेरै गतिविधिहरू नियन्त्रण गर्ने महत्त्वपूर्ण कोशिकाहरू हुन् ।

न्यूरोइन्डोक्राइन ट्यूमर बन्ने बित्तिकै यसलाई क्यान्सर मान्न थालिन्छ । न्यूरोइन्ड्रोक्रिन बिस्तारै बढ्ने हुँदा यसलाई विकास हुन वर्षौं लाग्छ ।

यो बिस्तारै बढ्छ । यद्यपी केही एनइटिको वृद्धि धेरै छिटो हुन्छ । एनइटि फोक्सोमा, प्यान्क्रियाज, ग्यास्ट्रो वा शरीरको कुनै पनि भागमा विकास हुन सक्छ ।

इन्डोक्राइन ट्यूमर शरीरको हर्मोन उत्पादन गर्ने भागहरूमा मात्र हुन्छ । न्यूरो एन्डोक्राइन ग्रंथीले शरीरमा हार्मोनहरू रिलिज गर्ने काम गर्छ र जब यो अत्यधिक रिलीज हुन थाल्छ, यो ट्यूमर बन्न सक्छ ।

एनइटिको लागी फोक्सो नै सब भन्दा कमान लक्ष्य हो । एनइटि ३० प्रतिशत श्वासप्रश्वास प्रणालीमा हुन्छ । यस प्रणालीको माध्यमबाट फोक्सोले अक्सिजन पाउने हुँदा एनइटिको कारण, फोक्सोमा संक्रमण बढ्न थाल्छ ।

कुनै स्पष्ट लक्षणहरू नहुने हुँदा पहिलो चरणमा एनइटि पत्ता लगाउन सकिदैन । यो ट्यूमरलाई डाक्टरहरू निकै खतरनाक मान्ने गर्छ किनभने यसबाट बाँच्न सक्ने सम्भावना धेरै कम हुन्छ ।

यसको लक्षणहरू थाहा नभएको कारण यसलाई खतरनाक मानिन्छ । यो सामान्यतया ६० वर्षको उमेर पछि हुन्छ तर, इरफान खानलाई यो रोगका ५० बर्षको उमेरमा भयो ।

jackson ribon