birat ribon

के हो ल्युकेमिया ? जसले अभिनेता ऋषि कपूरको ज्यान लियो

Neuro
के हो ल्युकेमिया ? जसले अभिनेता ऋषि कपूरको ज्यान लियो

विराटनगर, २० बैशाख । बलिउडका अभिनेता ऋषि कपूरको ३० अप्रिलमा निधन भयो । उनी पछिल्ला दुई वर्षयता ल्युकेमियासँग संघर्ष गरिरहेको थिए ।

Padelux insider
cura insider

ल्युकेमिया क्यान्सरको एक प्रकार हो । सन् २०१८ मा ऋषि कपूर उपचारको लागि न्यूयोर्क गएका थिए । २०१९ मा एक अन्तर्वार्तामा उनले फ्यानहरूलाई क्यान्सर निको भइरहेको र केही हप्तामा घर फर्कने आश्वासन दिएका थिए । यद्यपि यो खतरनाक रोगका कारण ६७ वर्षको उमेरमा उनको निधन भयो ।

के हो ल्युकेमिया ?

ल्युकेमिया रक्त क्यान्सरको एक प्रकार हो जुन शरीरमा सेतो रक्त कोषहरूको संख्या बढेको कारण हुन्छ । सेतो रक्त कोषहरूले रातो रक्त कोषहरूमा हाबी हुन्छन् र शरीरलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्लेटलेटहरूमा पनि कब्जा जमाउन थाल्छन् ।

सेता रक्त कोषहरूको अत्यधिक मात्राको कारण, शरीरलाई धेरै क्षति हुन थाल्छ । ल्युकेमियामा बिभिन्न प्रकारका समस्याहरू हुन सक्छन् । यसको शुरुवाती चरणमा रोगले कुनै पनि संकेत देखाउदैन ।

ल्युकेमियामा कमजोरी, थकान, प्रारम्भिक रक्तस्राव, ज्वरो, लगातार संक्रमण, हड्डीमा दुखाइ, तौल घट्ने, सास फेर्न गार्हो हुने, पसिना आउने, टाउको दुख्ने, उल्टी हुने लक्षणहरू देखा पर्छन् । कसैलाई पनि ल्यूकेमियाको स्पष्ट कारणको बारे थाहा छैन ।

जसलाई ल्युकेमिया हुन्छ उनीहरूको शरीरमा असामान्य क्रोमोसोम हुन्छन्, तर क्रोमोसोम ल्यूकेमियाको कारण भने हुदैनन् । ल्युकेमिया रोक्न सकिदैन, तर त्यहाँ केहि चीजहरू छन् जसले यसको जोखिमलाई थप बढाउन सक्छ ।

धूम्रपान, विकिरण वा केहि रसायनको जोखिम, परिवार मा कसैलाई ल्यूकेमिया भएमा, केही प्रकारको जेनेटिक गडबडीका कारण जोखिम बढ्न सक्छ ।

ल्युकेमियामा के हुन्छ ?

रगतमा तीन किसिमका कोषहरू हुन्छन् । सेतो रक्त कोशिकाहरू जसले संक्रमणसंग संघर्ष गर्छ, रातो रक्त कोशिकाहरू जसले अक्सिजन सर्कुलेट गर्ने काम गर्छन् र प्लेटलेटहरू जसले रगतलाई जम्नबाट रोक्छ ।

प्रत्येक दिन बोन म्यारोले अरबौंको संख्यामा नयाँ रक्त कोषहरू सिर्जना गर्दछ र ती मध्ये धेरै रातो रक्त कोशिका हुन्छन् । तर, ल्युकेमियाको कारणले शरीरमा अत्यधिक सेतो रक्त कोशिकाहरू बन्न सुरु हुन्छन् ।

ल्युकेमिया हुँदा सामान्य रक्त कोषहरूले अन्य संक्रमणसँग जस्तै लड्न सक्दैनन् । सेतो रक्त कोशीकाहरूको ठूलो संख्याको कारणले गर्दा शरीरका अन्य अंगहरू काम गर्ने तरिकालाई असर पुग्न थाल्छ ।

बिस्तारै यस्तो समय आउँछ जब शरीरमा अक्सिजन आपूर्ति गर्न पर्याप्त मात्रामा रातो रक्त कोषहरू बाकी हुँदैनन् ।

थप रूपमा, ल्युकेमियामा प्लेटलेटले रगतलाई जम्नबाट रोक्न सक्दैन । यदि शरीरमा सामान्य सेता रक्त कोषहरूको पर्याप्त संख्या छैन भने, कुनै पनि प्रकारको संक्रमणसँग लड्न सक्ने क्षमता पनि मर्न थाल्छ । जसकारण व्यक्ति बारम्बार बिरामी हुन्छ ।

jackson ribon