birat ribon

सोलुखुम्बुको एकै गाउँमा ४० जना बढी बिरामी

Neuro
सोलुखुम्बुको एकै गाउँमा ४० जना  बढी बिरामी

सोलुखुम्बु, २० बैशाख । सोलुखुम्बुको एकै गाउँमा ४० जना भन्दा बढी विरामी देखिएका छन ।
नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी देखिएका हुन ।

साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए ।

cura insider

वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै वरिवारका चारजनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट एकिन हुने अध्यक्ष बाँस्तोलाको भनाइ छ ।

एक हप्तादेखि बिरामीको सङ्ख्या अप्रत्यासितरुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली शुक्रबार त्यहाँ पुगेको छ ।

सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।

jackson ribon