birat ribon

३०९ विदेशी नागरिक बोकेर फर्कियो कतार एयरवेज

Neuro
३०९ विदेशी नागरिक बोकेर फर्कियो कतार एयरवेज

काठमाडौं, २० बैशाख । लकडाउनका कारण नेपालमा रोकिएका ५४ मुलकका ३०९ विदेशी नागरिक लिएर कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ ।

Padelux insider
cura insider

नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको जहाज कतारको दोहा हुँदै पेरिस पुग्नेछ । जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन् ।

यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजले काठमाडौंबाट ११ उडान भरेको छ ।

कतारपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ ।

नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

jackson ribon