birat ribon

अझै दुई वर्ष देखिन् सक्छ कोरोना भाइरस

Neuro
अझै दुई वर्ष देखिन् सक्छ कोरोना भाइरस

विराटनगर, २० बैशाख । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना अझै दुई वर्षसम्म देखिने अध्ययनकर्ताहरुले बताएका छन ।

Padelux insider
cura insider

परिस्थिति जस्तो भए पनि, कोरोना भाइरसले फैलाएको विनाश कम्तीमा अर्को दुई बर्षमा कुनै न कुनै रूपमा देखिरहने अमेरिकाको सेन्टर फर इन्फ्ल्युन्स डिसीज रिसर्च एण्ड पोलिसीले बताएको हो ।

बीबीसीका अनुसार अध्ययनको रिपोर्ट बिहीबार सार्बजनिक भएको हो । यो रिपोर्ट कोभिड १९ आउनु अघि आएका महामारी र सम्भावनाहरूमा आधारित छ।

रिपोर्टमा जनाइए अनुसार महामारी नियन्त्रणमा आएपनि कोरोना भाइरस तत्काल अन्त्य हुने सम्भावना छैन ।

उक्त प्रतिवेदनमा सन् २०२१ सम्म कोरोना भाइरस महामारीको अन्त्य हुने पहिलो सम्भावना देखिए पनि विभिन्न देशहरूको भौगोलिक अवस्था र भाइरसलाई हटाउनका लागि चल्येका कदमहरूमा निर्भर गर्ने लेखिएको छ ।

यदि स्थिति झन् झन् खराब हुँदै गए संक्रमण २०२२ सम्म जारी रहन सक्ने बताइएको छ ।
सन १९१८–१९मा पनि स्पेनिश फ्लू महामारीको समयमा देखिएको थियो ।

jackson ribon