birat ribon

प्रोस्टेट : ध्यान नदिए विग्रन सक्छ मृगौला

Neuro
प्रोस्टेट : ध्यान नदिए विग्रन सक्छ मृगौला

प्रोष्टेट ग्रन्थीको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पुरुष ग्रन्थी विस्तारै बढ्दै जान्छ । सामान्यतः ४० वर्ष पुगेपछि पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्दै जाने हुँदा ६० वर्षको उमेर पुग्दा सम्म करब एकतिहाइमा प्रोस्टेटको समस्या देखापर्न सक्छ ।

Padelux insider
cura insider

प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि भएसँगै प्रोस्टेट ग्रन्थिको आकार तथा तौल पनि वृद्धि हुँदै जान्छ ।

जसकारण मूत्रनलीमा दबाब हुन गइ मूत्रनली साँघुरो भएर पिसाब फेर्न गाह्रो हुन्छ । प्रोस्टेट ग्रन्थि सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुन गइ पिसाब पटक(पटक तथा अचानक फेर्नुपर्ने अवस्था सुरु हुन थाल्छ ।

प्रोस्टेट ग्रन्थिको वृद्धिसँगै ५० वर्षमा प्रायः ४० प्रतिशत पुरुषमा पिसाब फेर्दा विभिन्न लक्षणहरू अनुभव गर्न थलछन् ।

पटक– पटक पिसाब आउने, पिसाबको धार कमजोर हुने, ढिलो पिसाब आउने हुदा बल लगाउनुपर्ने, पिसाब चुहिने, पिसाब फेरसिकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुने, राती धेरैपटक पिसाब लाग्ने, आकस्मिक रूपमा पिसाब लाग्ने, केही क्षण पनि पिसाब रोक्न नसक्ने, पिसाब पोल्ने, पिसाब फेर्दा दुख्ने, पिसाब फेर्दा रगत आउने, आकस्मिक अवस्थामा ज्वरो आउने, जाडो हुने, वाकवाकी लाग्ने, तल्लो पेट दुख्ने जस्ता प्रोस्टेटका लक्षणहरू हुन् ।

अवस्था बिग्रिएको खण्डमा प्रोस्टेट वृद्धिका कारण पिसाब थैली कमजोर हुने, पिसाब पूर्ण रूपमा रोकिने र मिर्गौला फेल हुने सम्भावना हुन्छ ।

प्रोस्टेट वृद्धीलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाबमा संक्रमण हुने, पत्थरी हुने, मिर्गौला बिग्रने, पिसाबमा रगत मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने आदि समस्या उत्पन्न हुन थाल्छ ।

jackson ribon