birat ribon

पीसीआर परीक्षणका लागि निजी अस्पताल विरामी रेफर गर्न बाध्य

Neuro
पीसीआर परीक्षणका लागि निजी अस्पताल विरामी रेफर गर्न बाध्य

विराटनगर, २० बैसाख । कोशी चिकित्सक संघले पिसीआर परीक्षणको व्यावस्था नहुँदा संक्रमित क्षेत्रका विरामीहरुलाई निजी अस्पतालहरुले उपचारकालागि अन्यत्रै रेफर गर्नुपर्ने बाध्यता भएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोभिड १९ को संक्रमण मुलुकमा फैलिन नदिनका लागि पहिले पिसीआर परीक्षण गरेर मात्र संक्रमित क्षेत्रका विरामीहरु उपचार गर्नुपर्छ ।

cura insider

तर , त्यो व्यवस्था नहुँदा सम्बन्धित अस्पतालहरुमा रेफर गर्नुपर्ने निजी अस्पताको बाध्यता भएको संघको भनाइ छ ।

कोशी चिकित्सक संघका अध्यक्ष डा फरवार्ड सिलवालले हाल प्रदेश १ मा विराटनगरको कोशी र धरानको बिपी अस्पतालमा मात्र पिसीआर परिक्षणको व्यवस्था भएकोले शंकास्पद विरामीहरुलाई निजी अस्पतालहरुले त्यहाँ रेफर गर्नु गलत नभएको बताएका छन ।

उनले निजी अस्पतालहरुलाई पनि पिसिआर परीक्षण गर्ने ब्यावस्था उपलव्ध गराउन सरकारसँग माग गरेका छन ।

अध्यक्ष सिलवालले अस्पतालबाट विरामी रेफर गर्ने प्रकृया नियमित भएपनि सँञ्चारमाध्यमहरु मार्फत गलत समाचार प्रचारप्रसार हुँदा ज्यानको बाजी लगाएर उपचारमा खटिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल कम भैहरेको बताएका छन ।

अध्यक्ष सिलबाल भन्छन ‘ महामारीमा पहिलो घेरामा काम रहेर विरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकको मनोबल गिराउने गतिविधि हुन नदिन नेपाल सरकारको ध्यान दिनुपर्छ ।’,

विराटनगरका ठूला निजी अस्पतालहरुले ज्वरो , रुँघाखोकी रोग लागको विरामीहरुलाई मात्र नभएर संक्रमित क्षेत्र र अन्य बिभिन्न जिल्लाका सिकिस्त विरामीहरुलाई पनि उपचारकालागि भर्ना लिने गरेका छैनन । भर्ना गरेपनि उनीहरुले शंकास्पद भन्दै अस्पतालबाट डिस्चार्ज गरिदिने गरेका छन । जसले गर्दा उपचारबाट बंचित भएर केही बिरामीको मृत्यु भैसकेको छ भने धेरैले उपचारमा सास्ती पाइरहेका छन ।

jackson ribon