एजेन्सी, २० वैशाख । भारतमा कोरोना भाइरस महामारीबाट संक्रमित हुनेको संख्या ३७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९४ व्यक्ति संक्रमित भएसँगै भारतमा संक्रमितको संख्या ३७ हजार ३ सय ३६ पुगेको हो ।
उक्त संक्रमितको संख्यालाई आजसम्मकै उच्च संख्याको रूपमा हेरिएको छ ।
२४ घण्टामा ६९ जनाको मृत्युसँगै भारतमा मृत्यु हुनेको संख्या १ हजार २ सय २३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।
१० हजार ७ जना व्यक्तिलाई उपचार पछि निको पारेर घर पठाइएको छ ।
त्यस्तै, २६ हजार १ सय ६ बिरामीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय लकडाउनमा कडा प्रतिबन्धको बीचमा मानिसहरूलाई घरभित्रै राखिएको भएपनि, महाराष्ट्र र गुजरातमा देशको सब भन्दा धेरै केसहरू रिपोर्ट गरिरहेका छन् ।