प्रशिक्षणका दौरान तीन जनामा कोरोनाको संक्रमण देखिएपछि बुन्डेसलिगा अनिश्चित

एजेन्सी, २० वैशाख । अभ्यासको क्रममा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि जर्मन लिग बुन्डेसलिगा अनिश्चित देखिएको छ ।

अभ्यासको क्रममा कोलोनका तीन जना स्टाफमा कोरोना ‘पोजिटिभ’ देखिएपछि बुन्डेसलिगा पुनः सुरु हुनेमा आशंका उत्पन्न भएको हो ।

कोलोनले गत बिहीबार प्रशिक्षक, अफिसियल तथा स्टाफसहित सबैको कोरोनाको परीक्षण गरेको थियो । जसमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।

यद्यपि, ती तीन जना सदस्यको पहिचान खुलाइएको छैन । जर्मन लिग ९ मेबाट सुचारु गर्ने आन्तरिक योजना थियो ।

Loading...