birat ribon

विराटनगरको कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

Neuro
विराटनगरको कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

विराटनगर, २० वैशाख । आयुर्वेद औषधि व्यवसायी सङ्घ नेपालले प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलेलाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारार्थ बिरामीका लागि शुक्रबार औषधि हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिश गरेका चार प्रकारका औषधि सङ्घका अध्यक्ष जगराज गिरीले हस्तान्तरण गरेका हुन् ।

cura insider

च्यावनप्रास अश्वगन्धा चुर्ण, गिलोय प्लस र तुलसी चिया हस्तान्तरण गरेको सङ्घले जनाएको छ ।

सो अवसरमा मन्त्री घिमिरेले बिरामीका लागि प्रयोगमा ल्याउन कोभिड– १९ उपचार केन्द्रका चिकित्सकसँग समन्वय गर्न व्यवस्थापन समितिलाई निर्देशन दिए । रासस

jackson ribon