लघुकथा : कि अर्की छ ?

ऋषि तिवारी

‘प्रश्नमा प्रश्न गर्न थालेकी थिइन् उनले, तपाईंले अर्को आइडी किन खोलेको फेसबुकमा ?’

म उनको प्रश्न सुनी नै रहेको थिएँ, जवाफ पनि दिएको थिएँ, ‘यहाँ मान्छेले चार-चारवटा आफ्नो आइडी खोलेर मलाई नै रिक्वेस्ट पठाएका छन् । मैलेचाहि दुईवटा मात्र त फेसबुक आइडी खोलेको हो नि ?’

बोल्दै थिएँ, जवाफ दिँदै थिएँ, बीचमै कुरो काट्दै भन्न थालिन्- ‘कि अर्की छ कतै ?’

उनको एस्तो प्रश्नले मन त दुख्यो नै । आजसम्म उनीबाहेक कोही छ र मेरो ? जे थियो, जे छ, जे रहने छ, उनी त हो मेरो । अब उनलाई सबै बेलिबिस्तार लगाउनुपर्‍यो भन्दै जवाफ दिन कस्सिएँ, यसरी कस्सिएँ- ‘हो मेरी अर्की पनि छ, ति अर्की हुन्, मेरो प्रतिभा । अब यो नयाँ आइडीबाट लेख रचनाहरूको प्रतिभा गोडमेल गर्ने, पुरानो आइडीबाट आफ्नो फोटो सेशन अपलोड गर्ने । हुन सक्छ, कसैलाई लेख रचना मन पर्छ, कसैलाई मन पर्दैन । मैले यो मिनी कम्पुटरको लागि नयाँ आइडी खोलेको हुँ । के मैले दुई वटा आइडी खोल्न नै न पाउनु ? के म स्वतन्त्र छुइनँ ?’

तरपनि उनी शंसकित थिइन् । भन्थिन्- ‘यो संसारमा किन पुरुषलाई मात्र- दुई कुरा चाहिने रहेछ हजुर ?’ मैले त्यसैबेला फेरि जवाफ फर्काएको थिएँ ठट्टा गर्दै दिएको थिएँ- तिमी शब्द,अर्की रचनाको प्रतिभा । यो अति आवश्यक छ मेरो, बुझ्यौं त प्यारी ?’

विराटनगर-६, ममता-मार्ग ।

Loading...