birat ribon

कोराना प्रभावित क्षेत्रमा पीपीइ बोकेर पुगिन राज्यमन्त्री

Neuro
कोराना प्रभावित क्षेत्रमा पीपीइ बोकेर पुगिन राज्यमन्त्री

झापा, २० बैशाख । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले झापाका स्वास्थ्यकर्मीलाई पीपीई हस्तान्त्रण गरेकी छन् ।

दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको झापा जिल्लाका स्वास्थ्यकर्मीका लागि गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गरेकी हुन ।

cura insider

ज्यमन्त्री गजमेरले १५० थान पिपइ, दुई हजार ८०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा र १५० थान एन–९५ मास्क शुक्रबार स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गरिन ।

विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर झापा आएकी हुन ।

पौडेलले ती सामान दोस्रो कोरोना भेटिएको बाह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई वितरण गरिने जानकारी दिए । रासस

jackson ribon