birat ribon

मार्सेलोले यसरी गरे रोनाल्डो र मेस्सीको तुलना

Neuro
मार्सेलोले यसरी गरे रोनाल्डो र मेस्सीको तुलना

एजेन्सी, २० वैशाख । रियल मड्रिडका स्टार खेलाडी मार्सेलो पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच तुलना गरेका छन् ।

Padelux insider
cura insider

ब्राजिलियन स्टार मार्सेलोले फाबियो कान्नाभारोको इन्स्टाग्राम लाइभमार्फत् पोर्चुगिज स्टार रोनाल्डो र अर्जेन्टिनाका कप्तान मेस्सीको तुलना गरेका हुन् ।

मार्सेलोले रोनाल्डोसँग १० वर्ष एकसाथ खेलेका हुन् ।

००७ देखि रियलबाट खेल्दै आएका मार्सेलोले मेस्सीसँग भने १३ वर्षदेखि निरन्तर प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

लाइभमा मार्सेलोलाई रोनाल्डो र मेस्सीमध्ये को उत्कृष्ट भन्ने सवाल गरिएको थियो ।

जसमा उनले भने, ‘यो प्रश्नले सबैलाई स्तब्ध बनाउँछ किनकी जसले फुटबल खेलेका छन् उनीहरूका लागि यो प्रश्न कठिन हो ।’

‘यो प्रश्नको सबै व्यक्तिसँग आ–आफ्नै उत्तर हुन्छ,’ उनले भने, ‘मैले क्रिस्टियानोसँग अभ्यास गरेँ र १० वर्ष उनीसँग खेले पनि । उनीसँग मैदानमा उत्रिनु, मैदानमा उनको क्रियाकलाप हेर्नु, उनले कसरी बोल्छन् त्यो सुन्नु भनेको यो एक प्रेरणा हो । यो नै उत्कृष्टता हो ।’

jackson ribon