birat ribon

ताप्लेजुङकाे फुङ्लिङमा ७ घर र ५ पसल जले

Neuro
ताप्लेजुङकाे फुङ्लिङमा ७ घर र ५ पसल  जले

ताप्लेजुङ,२० बैशाख । शुक्रबार राती ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भएको आगलागीमा ७ वटा घर र ५ वटा घुम्ती पसल नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्ती पसल जलेको हो ।

cura insider

राति साढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगो के कारणले सुरु भएको हाल सम्म खुलेको छैन ।

देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज बाट आगलागी हुँदा दायाँ बाँयाका घर र घरमा भएका पसल र होटल पनि जलेका हुन् । प्रहरीका अनुसार भट्टराईको घरसहित नेत्र कार्की, खेम के.सी., खड्ग थापा, चन्द्रमाया लोछार, राम साह, प्रेम निरौलाको घर जलेको हो ।

त्यस्तै बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल,, बिशाल काउण्टरको घुम्ती,, सुपर साईनो काउण्टरको घुम्ती बुद्दशान्ती काउण्टरको घुम्ती पनि जलेको हो ।

रातिबाट फैलिएको आगो शनिबार विहान ५ बजे मात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ । क्षतीको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

jackson ribon