birat ribon

कोरोना महामारी : संक्रमितको संख्या ३४ लाख नाघ्यो, १० लाख उपचार पछि घर फर्किए

Neuro
कोरोना महामारी : संक्रमितको संख्या ३४ लाख नाघ्यो, १० लाख उपचार पछि घर फर्किए

विराटनगर,२० बैशाख । विश्वभर कोरोना संक्रमितकाे संख्या ३४ लाख नाघेको छ । वल्डोमिटरको तथ्याङक अनुसार शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३४ लाख २ सय नाघेको हो ।

Padelux insider
cura insider

संक्रमित मध्ये १० लाख ८१ हजार उपचार पछि घर फर्किएका छन । कोरोना कै कारण ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५ सय ७० पुगेको छ ।

संक्रमित मध्य २० लाख ७९ हजार उपचार गराइरहेका छन । ती मध्ये ५१ हजार ३ सय ५१ जनाको अवस्था गम्भिर छ ।

कोरोनाका कारण अमेरिकामा मात्र ११ लाख ३१ हजार संक्रमित छन । अमेरिकामा ज्यान गुमाउनको संख्या ६५ हजार ७ सय नाघेको छ ।

अमेरिकापछि स्पेनमा २ लाख ४२ हजारमा संक्रमण देखिएको छ । भने २४ हजारको मृत्यु भएको छ । २ लाख ७ हजारमा संक्रमण देखिएको स्पेनमा २८ हजार बढीले ज्यान गुमाएका छन ।

jackson ribon