birat ribon

ताप्लेजुङ सदरमुकाममा मध्यराती आगलागी, ७ वटा घर र ११ पसल जले (फोटो फिचर)

Neuro
ताप्लेजुङ सदरमुकाममा मध्यराती आगलागी,  ७ वटा घर र ११ पसल जले (फोटो फिचर)

ताप्लेजुङ, २० बैशाख । शुक्रबार राती ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ ।

Padelux insider
cura insider

मध्य बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएको प्रारम्भिक तथ्याङ्क छ।

मानवीय क्षति भए, नभएको हाल सम्म जानकारी नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

राती साढे १० बजेबाट सुरु भएको आगो दुई घण्टा पछी करिब साढे १२ बजे मात्रै नियन्त्रणमा आएको छ । आगलागी भएको स्थान पुराने बैंक लाईन हो यसलाई ट्याक्सी काउण्टर क्षेत्र पनि भनिन्छ ।

दमकलमा पुरा पानी नहुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो । अगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी निरौलाको टोली, मेयर र स्थानीयवासी खटेका थिए ।

घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न निकै हम्मे परेका थियो ।

jackson ribon