बाङ्गुली, १९ बैशाख । दुई शसस्त्र समूहका बीचमा भएको भिडन्तका क्रममा मध्य अफ्रिकामा ५० भन्दा बढीको मृत्यु भएको छ ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेलमा बुधबार भिडन्त भएको स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन् ।
दुई पक्षीय भिडन्त एनडेलको मध्य बजारमै भएको थियो । भिडन्तपछि घटनास्थलमा ५३ शव भेटिएको अधिकारीहरुले बताए ।
२५ जना आम नागरिक र २८ जना शसस्त्र विद्रोहीका लडाकुको मृत्यु भएको हो ।
दुई पक्षका वीचमा किन भिडन्त भएको थियो भन्ने कुरा अहिलेसम्म खुलेको छैन् ।
यस क्षेत्रमा यसअघि पनि अन्तजातीय द्वन्द्व बेला बेलामा हुने गरेको थियो । त्यहाँ गौला र रौङ्गा समूहका बीचमा भिडन्त हुने गरेको छ।