birat ribon

प्रत्येक परिवारबाट एक जनाको नमूना संकलन गरी कोरोना परीक्षण गर्न निर्देशन

Neuro
प्रत्येक परिवारबाट एक जनाको नमूना संकलन गरी कोरोना परीक्षण गर्न निर्देशन

काठमाडौं, १९ बैशाख । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड—१९) को परीक्षण दायरा विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ ।

Padelux insider
cura insider

समितिले परीक्षणको दायरा बढाउँदै हरेक परिवारबाट कम्तिमा एकजनाको नमुना छनोट गरी परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले स्वास्थ्य सामग्रीको भण्डारलाई प्राथमिकता दिएर सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

लक डाउनमा परेका अति विपन्न, न्यून आय भएका, दैनिक ज्यालादारीमा काम गरी जिविकोपार्जन गर्दै आएका मजदुर र किसानहरुको समस्यालाई सम्बोधन गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

सरकारलाई ती वर्गलाई उपयुक्त राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति परशुराम मेघी गुरुङले बताए ।

समितिले बजारमा कृत्रिम अभाव गरी कलोबजारी गर्ने र बढी मूल्य लिने प्रवृतिलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गरी कानून बमोजिम कारवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

यस्तै स्थानीय स्तरमा उत्पादन हुने फलफुल, तरकारी, दुध जस्ता पदार्थलाई खरिद गरी, निश्चित समय र स्थान निर्धारण गरी विक्रि वितरणका लागि स्थानीय तहसँग समन्वय गर्न पनि निर्देशन दिएको छ ।

कुनै पनि काम गर्दा जनविश्वासलाई मध्यनजर पारदर्शी तवरले सञ्चालन गरी विपदका समयमा जनआस्था आर्जन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

jackson ribon