birat ribon

भारतमा १७ मेसम्म लकडाउन, संक्रमण नदेखिएका क्षेत्रमा खुकुलाे पारिने

Neuro
भारतमा १७ मेसम्म लकडाउन, संक्रमण नदेखिएका क्षेत्रमा खुकुलाे पारिने

काठमाडौं, १९ बैशाख । कोरोना संक्रमण दर बढेपछि भारतले लकडाउनको समय अवधी बढाएको छ । शुक्रबार भारतको गृह मन्त्रालयले लकडाउन १७ मेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

Padelux insider
cura insider

लकडाउनको अवधिमा संक्रमण देखिएका जिल्लाहरूमा कडाइ गरिने छ । मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा हालकै जस्ताे लकडाउन भएपनि महामारीका जोखिम कम भएका जिल्लाहरुमा लकडाउन खुकुलाे हुनेछ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएको छ । एक हजार १५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

jackson ribon