birat ribon

६० हजारको कोरोना परीक्षण

Neuro
६० हजारको कोरोना परीक्षण

काठमाडौं, १९ बैशाख । नेपालमा ६० हजार ३ सय ७४ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ ।

Padelux insider
cura insider

शुक्रबारसम्म १२ हजार ५ सय ७७ को (पिसिआर) विधिबाट र ४७ हजार ७ सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म २४ हजार ९०७ क्वारेन्टाइनमा रहेका र ९४ जना आइसोलेसनमा रहेका बताए । आइसोलेसनमा रहेकामध्ये काठमाडौँ उपत्यकामा ५ जना रहेका छन् । अन्य बाहिरका रहेका जानकारी गराइएको छ ।

गत २४ घण्टामा थप एक हजार ४ सय ४७ वटा परीक्षण गरिएको छ । आज कोरोना सङ्क्रमित पुष्टि भएका दुईसँगै हालसम्म नेपालमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जसमा १६ जना निको भएर घर फर्किसकेका छन् । शुक्रबार सङ्क्रमण भएका दुवै जना पुरुषलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ वर्षीर्य र बाँकेको नेपालगञ्जका ६० वर्षीयमा सङ्क्रमण देखिएको हो ।

हालसम्म सङ्क्रमितमध्ये ४९ पुरुष र १० महिला रहेका छन् ।

पछिल्लो सयम केही स्थानमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु नभएको गुनासो प्राप्त भएको भन्दै अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित सबै अस्पताललाई पुनः आग्रह गरिएको छ ।

आगामी दिनमा पनि बिरामीले सेवा नपाएको गुनासो आए मन्त्रालयले अनुगमन गरी कारवाही गर्ने चेतावनी दिएको छ ।

jackson ribon