birat ribon

उदयपुरकी गर्भवतीलाई उपचार नगरेको विषयमा नोबेलमाथि सरकारले छानविन गर्ने

Neuro
उदयपुरकी गर्भवतीलाई उपचार नगरेको विषयमा नोबेलमाथि सरकारले छानविन गर्ने

विराटनगर, १९ बैशाख । गर्भवती महिलालाई उपचार नगरी डिस्चार्ज गरेको विषयमा नोबेल मेडिकल कलेज विराटनगर छानविनको दायरामा आएको छ ।

Padelux insider
cura insider

उदयपुर घर भएकै कारण विराटनगरको नोबल मेडिकल कलेजले गर्भवतीलाई शल्यक्रिया गर्न लाग्दा कोशी अस्पताल विराटनगर रिफर गरेको थियो । यही घटनाबारे सरकारले छानबिन गर्ने भएको हो ।

मंगलबार प्रसूतिका लागि विराटनगरको नोबल मेडिकल कलेजमा भर्ना भएकी उदयपुरकी २९ वर्षकी सरस्वती रौनियारलाई अस्पतालले बुधबार बिहान अप्रेसन थिएटरबाट निकालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझ्ने बताए ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कोरोना संक्रमित क्षेत्रबाट आएकै कारण सुत्केरी महिलालाई अस्पतालले निकालेको पाइए कारबाही गर्ने बताए ।

नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार गम्भीर रहेको भन्दै उनले आगामी दिनमा यस्तो खालको गल्ती हुन नदिने समेत बताए ।

jackson ribon