birat ribon

कोभिड अस्पताललाई आयुर्वेद औषधि सहयोग

Neuro
कोभिड अस्पताललाई आयुर्वेद औषधि सहयोग

विराटनगर, १९ जेठ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विरामीका लागि आयुर्वेद औषधि व्यवसायी संघ नेपालले प्रदेश सरकारलाई औषधि सहयोग गरेको छ ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधि व्यवसायी संघले सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

व्यवसायी संघले ५ सय ग्रामको च्यवनप्रास ६२ ओटा, १ सय ग्रामको अश्वगन्धा चुर्ण ६२ ओटा, ६० क्याप गिलोय प्लस ३१ ओटा र १ सय ग्रामको तुलसी चिया ३१ प्याकेज मन्त्री घिमिरेलाई हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारलाई हस्तान्तरण गरिएको आयुर्र्वेिदक औषधि ४४ हजार ६ सय ४० रुपैयाँको रहेको आयुर्वेदिक औषधि व्यवसायी संघका अध्यक्ष जगराज गिरीले बताए ।

आयुर्वेदिक औषधि ग्रहण गर्दै मन्त्री घिमिरेले उपचाररत बिरामीका लागि प्रयोगमा ल्याउन कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन समितिलाई निर्देशन दिए ।

jackson ribon