birat ribon

प्रदेश १ मा नमूना परीक्षण केन्द्र थपियो, पिसिआर विधिबाट दैनिक तीन सय बढीको स्वाब परीक्षण हुने

Neuro
प्रदेश १ मा नमूना परीक्षण केन्द्र थपियो, पिसिआर विधिबाट दैनिक तीन सय बढीको स्वाब परीक्षण हुने

विराटनगर, १९ जेठ । प्रदेश १ मा अब दैनिक ३ सय जना जनाको कोरोना भइरस (कोभिड १९ )को नमूना परीक्षण हुने भएको छ ।

Padelux insider
cura insider

प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेपछि दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

प्रदेश सरकारले कोरोना परीक्षणको मात्रा बढाउँदै लगेको उनको भनाइ छ ।
विराटनगरको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद व्यक्तिको स्वाव परीक्षण सुरु गरिएको हो । प्रयोगशालामा शुक्रबारदेखि स्वाब परीक्षण थालिएको छ ।

प्रयोगशालाको सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ लगायतले निरीक्षण गरेका छन् ।
दैनिक २० जना सम्मको सो ल्यावबाट परीक्षण गर्न सकिने मन्त्री घिमिरेले जानकारी दिए ।

यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि क्षमता बिस्तार गरिएको छ ।
धरानमा १ सय बढी र कोशी अस्पतालमा २ सय जना सम्मको परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताए ।
ल्यावमा कोरोना पोजेटिभ रिपोर्ट आएमा पुनः परीक्षण कोशी अस्पतालमा गरिने प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयबेन्द्र यादवले बताए ।

सो ल्यावबाट यसअघि वर्डफ्ल्यु, स्वाईनफ्ल्यु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको थियो ।

प्रदेश सरकारले पीसीआर मेसिन र किट उपलब्ध गराएपछि पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट स्वाब परीक्षण सुरु गरिएको हो ।

jackson ribon