birat ribon

अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

Neuro
अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

Padelux insider
cura insider

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि भइरहेको प्रयास र चिनियाँ सहयोगका बारेमा कुराकानी भएको छ ।

अध्यक्ष दाहालले कोरोनासँग आफै पनि जुधिरहेको चीनले खुला हृदयका साथ नेपाललाई सहयोग गरेकामा चीन सरकार र चिनियाँ जनताको प्रशंसा गरे ।

अध्यक्ष दाहालले राजदूतमार्फत चीन सरकारले नेपाललाई उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका छन् ।

यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि आजै चिनियाँ राजदूतले शिष्टाचार भेट गरेका छन् ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उनीहरुबीच नेपाल र चीन सम्बन्धमा विविध आयामका बारेमा छलफल भएको थियो । नेता नेपाल नेकपाको विदेश विभाग प्रमुखपनि हुन् ।

jackson ribon