birat ribon

कोरोनाको बीच बच्चाहरूमा देखिन थाल्यो नयाँ रोग

Neuro
कोरोनाको बीच बच्चाहरूमा देखिन थाल्यो नयाँ रोग

एजेन्सी, १९ वैशाख । कोरोना भाइरसले ठूलो विनाश गरिसकेको छ, यस बीच युरोपका बच्चाहरूमा एउटा नयाँ रोग देखा परेको छ ।

Padelux insider
cura insider

करिब १२ जना बेलायती बच्चाहरू एक नयाँ रोगबाट पीडित भएका छन् । रातो रंगको र्‍यासहरू शरीरमा देखा परिरहेको छ ।

डाक्टरहरू यो रोग के हो भनेर चिन्तित भइरहेको बेलामा यो रोग कोरोना भाइरससँग कुनै सरोकार नराख्ने देखिरहेको छ ।

केही डाक्टरहरूका अनुसार यो कावासाकी रोग जस्तो छ । वा यो उस्तै हो ।

कावासाकी रोग पाँच वर्षमुनिका बच्चाहरूमा देखा पर्दछ ।

यसलाई म्यूकोक्यूटेनियस लिम्फ नोड सिन्ड्रोम पनि भनिन्छ ।

बच्चाहरूलाई यस रोगमा निरन्तर ज्वरो आउछ ।

आँखा रातो हुन्छ । घाँटीर बंगारा वरिपरि सुन्निने, मुटुको मांसपेशीले राम्रोसँग काम नगर्ने, ओठ फुट्ने, रातो छालाको दाग वा सुख्खा दाग, हातखुट्टा दुख्ने, हात र औंलाहरू सुन्निने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।

कावासकी रोगका कारण बच्चाहरू गम्भीर पखालाबाट ग्रस्त हुन सक्छन् ।

युरोपको नेशनल हेल्थ मिशनले यस्ता लक्षण देखा पर्नेबित्तिकै बच्चालाई तुरुन्त अस्पताल लैजानुपर्छ । जाँच गराएर उपचार गराउनुपर्छ ।

इन्ट्राभेन्सस इम्युनोग्लोबुलिन एन्टिबडी र एस्पिरिन कावासाकी रोगलाई निको पार्नका लागि मात्र दुई औषधिहरू हुन् ।

बच्चाहरूको ज्वोरोलाई देखेर डाक्टरहरूले उनीहरूको नसामा रगतको साटो आगो दौडिरहेको महशूस गर्ने बताउँछन् ।

कावासाकी रोगमा, रक्त नलीहरू फूलिन्छन् जसकारण पोल्न थालेको जस्तो हुन्छ ।

यस कारणले गर्दा शरीरमा धेरै प्रकारका खतरनाक लक्षणहरू देख्न सकिन्छ ।

यस्तो लक्षणसहितको पहिलो रिपोर्ट बेलायतबाट आएको हो ।

त्यहाँ १२ वटा केसहरू रिपोर्ट गरिएका छन् ।

यसपछि फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभियर भेरानले पनि आफ्नो देशको १५ बालबालिका यस्तै रोगबाट पीडित रहेको बताएका छन् ।

यति मात्र होइन, स्पेन, इटाली, स्वीजरल्याण्ड र अमेरिकाबाट पनि यस्ता घटनाहरू रिपोर्ट गरिएको छ । 

jackson ribon