birat ribon

संक्रमित बढेसँगै चीनलाई उछिन्दै अगाडि आयो ब्राजिल

Neuro
संक्रमित बढेसँगै चीनलाई उछिन्दै अगाडि आयो ब्राजिल

एजेन्सी, १९ वैशाख । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात् कोभिड-१९ तीब्र रूपमा फैलिरहेको बेलामा चीनमा भन्दा अन्य देशहरूमा संक्रमितको संख्या बढ्दो देखिन्छ ।

Padelux insider
cura insider

त्यस्तै संक्रमितको संख्यामा दसौं नम्बरमा रहेको चीनलाई अहिले ब्राजिलले उछिनेको छ ।

हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचीमा ८७ हजार १ सय ८७ संक्रमित सहित ब्राजिल दसौं नम्बरमा पुगेको छ ।

यो संख्या चीनभन्दा ४ हजार ३ सय १३ ले बढी हो । त्यस्तै, शुक्रबार अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार आज मात्र १ हजार ८ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा ३ दिनमा १० हजार बढी संक्रमित थपिएसँगै ब्राजिलले चीनलाई संक्रमितको संख्यामा उछिनेर दसौं नम्बरमा पुगेको छ ।

ती संक्रमितमध्ये आज मात्र १ सय ५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ हजार ६ पुगेको छ भने ३५ हजार ९ सय ३५ जना निको भएर घर फर्किसकेका छन् ।

कोरोना प्रभावितको सूचिको पहिलो नम्बरमा रहेको चीन अहिले ८२ हजार ८ सय ७४ संक्रमित सहित एघार नम्बरमा झरेको छ ।

सुचिमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौँ, आठौँ र नवौं नम्बरमा क्रमस स्पेन, इटाली, युके, फ्रान्स, जर्मनी, टर्की, रुस र इरान रहेका छन् ।

युकेले फ्रान्स र जर्मनीलाई उछिन्दै पाँचौं नम्बरबाट तेस्रोमा पुगेको छ भने रुसले इरानलाई उछिन्दै आठौँ नम्बरमा पुगेको हो । संक्रमितको संख्या बढे रुसले छिट्टै टर्कीलाई उछिन्ने देखिन्छ ।

jackson ribon