birat ribon

मृत भाइरसका कणहरूले परीक्षण परिणामलाई असर गर्न सक्छ

Neuro
मृत भाइरसका कणहरूले परीक्षण परिणामलाई असर गर्न सक्छ

एजेन्सी, १९ वैशाख । कोरोना भाइरसबाट हप्तौंसम्म संक्रमित रहेका बिरामीहरू निको भएपछि पनि उनीहरूले शरीरमा मृत भाइरसका कणहरू रहिरहन्छन् ।

Padelux insider
cura insider

उक्त मृत भाइरसका कणहरू परीक्षण गर्दा संक्रमक व्यक्तिहरूमा भएको भाइरसभन्दा फरक छ कि छैन भनेर फरक छुट्याउन नसक्ने दक्षिण कोरियाका वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

सियोलका नेसनल मेडिकल सेन्टरका डाक्टरका अनुसार भाइरसले श्वास कोशिकाभित्र संक्रमण र प्रसार गरिसकेपछि एकदेखि दुई हप्तापछि मर्छ ।

भाइरसको आरएनएको टुक्रा कोशिकामा रहन सक्छ र संक्रमण भएको एक वा दुई महिनापछि पनि भाइरस शरीरमा भएको न्यूक्लिक एसिड परीक्षणले पत्ता लगाउन सक्छ ।

केही कोभिड १९ बिरामीहरूले एक महिनाभन्दा बढीमा फेरि पनि सकारात्मक परीक्षण गरिरहेका छन्, क्यानबराको अस्ट्रेलियाई नेश्नल युनिभर्सिटी मेडिकल स्कूलका क्लिनिकल मेडिसिनका प्राध्यापक पिटर कोलिग्ननले बताए ।

फेरि संक्रमित भएका बिरामीहरूमा पत्ता लगाइएको भाइरस व्यवहारिक वा संक्रमण हुनको लागि सक्षम नहुने सम्भव रहेको बताइए पनि भाइरस मरेको वा जीवित छ कि छैन भनेर हेर्नको लागि राम्रो मोडलहरू आवश्यक हुन्छ ।

एक संक्रमित व्यक्तिको स्वासप्रस्वासका सेक्रेसन र दिसामा कति लामो समयसम्म भाइरस निकाल्न सक्छ त्यसको आधारमा संक्रमित व्यक्तिलाई कति समय क्वारेन्टाइनमा राख्न वा सेल्फ आइसोलेसनमा बस्ने समय निर्धारण गर्न महत्वपूर्ण हुन्छ ।

अघिल्लो अध्ययनहरूले गम्भीर बिरामीहरू हल्का बिमारीको अनुभव गर्ने व्यक्तिहरूभन्दा लामो समय सम्म संक्रामक हुने पत्ता लगाएको थियो ।

jackson ribon