birat ribon

नेयमारको बार्सिलोना फर्किने सम्भावना न्यून

Neuro
नेयमारको बार्सिलोना फर्किने सम्भावना न्यून

एजेन्सी, १९ वैशाख । ब्राजिलियन स्टार नेयमार पछिल्लो समय पूर्वक्लब बार्सिलोना फर्किने चर्चामा छन् ।

Padelux insider
cura insider

तर, बार्सिलोनाका प्रशिक्षक क्वीक सेटिने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार क्याप नोउ फर्किने सम्भावना न्यून रहेको संकेत गर्छन् ।

यसै सिजनबाट बार्सिलोनाको नेतृत्त्व गर्न थालेका सेटिनले ‘गजेट्टा डेल्लो स्पोर्ट्स’सँगको कुराकानीमा नेयमारको सरुवाको विषयमा बोलेका हुन् ।

उनले कोरोना भाइरस महामारीका कारण नेयमारको बार्सिलोना यात्रामा अन्यौलता छाएको उल्लेख गरेका छन् ।

कोरोनाका कारण क्लबमा आर्थिक समस्या परेको बताउँदै उनले नेयमार बार्सिलोना फर्किने सम्भावना न्यून रहेको संकेत गरे ।

सन् २०१३ मा सान्टोसबाट बार्सिलोना आएका उनी विश्वकै महंगा खेलाडी बन्दै फ्रान्सेली क्लबमा अनुबन्ध भएका थिए ।

बार्सिलोनाबाट ४ वर्ष खेले ८ ठूला उपाधि जितेका उनी नेयमार सन् २०१७ मा २ सय २२ मिलियन युरोमा पीएसजी गए ।

त्यहाँ अधिकांश समय घाइते रही अपेक्षानुरुपको प्रदर्शन गर्न नसकेपछि उनी पुनः बार्सिलोना फर्किने मनसायमा रहेको बताइएको छ ।

तर, बार्सिलोनाका प्रशिक्षक सेटिनले भने क्लबसँग ‘मेघा ट्रान्सफर’का लागि पर्याप्त रकम नभएको उल्लेख गरेको छन् ।

‘२ सय २२ मिलियन युरो नेयमारका लागि ? अहँ, मलाई लाग्दैन कि कसैले त्यति धेरै रकम खर्च गर्न सक्छ । अझ, साना क्लबहरूसँग त्यतिधेरै रकम उपलब्ध हुँदैन । फुटबल अनियन्त्रित गतिमा बस्छ । सबैले आफ्नो हैसियतमा बस्नुपर्छ ।’

jackson ribon