birat ribon

मृत्युदर कम भएकाले कोरोना संक्रमितहरू ठूलो संख्या निको हुने

Neuro
मृत्युदर कम भएकाले कोरोना संक्रमितहरू ठूलो संख्या निको हुने

एजेन्सी, १९ वैशाख । कोरोना भाइरस सङ्क्रमण भएर निको हुने मानिसको सङ्ख्या १० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ ।

Padelux insider
cura insider

कोरोना भाइरसले फैलाएको कोभिड १९ हुँदा मृत्युदर कम भएकाले सङ्क्रमितहरू ठूलो सङ्ख्या निको हुने विज्ञहरूले बताएका छन् ।

सङ्क्रमण भएका झन्डै ८० प्रतिशत व्यक्तिलाई कुनै लक्षण पनि नदेखिने बताइन्छ ।

द लान्सिट जर्नलमा प्रकाशित एउटा अनुमानअनुसार कोभिड-१९ को मृत्युदर फ्लूको भन्दा बढी भएपनि सार्सको भन्दा कम हुन्छ ।

फ्लू भएका १ हजार बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ भने सार्स भएका बिरामीको मृत्युदर ९५ देखिएको छ ।

लान्सिट जर्नलमा प्रकाशित अध्ययनमा क्रूज जहाजहरूको तथ्याङ्कलाई हेर्दा बाहिरबाट आएका सङ्क्रमण नभएको र परीक्षण राम्रो भएको अवस्थामा मृत्युदर एक प्रतिशत मात्र हुने उल्लेख छ।

तर देशअनुसार परीक्षणको अवस्था फरक भएको र कुनै पनि देशमा ती जहाजमा जस्तो शतप्रतिशत परीक्षण सम्भव नभएको अवस्थामा त्यो दर बढी पनि हुनसक्ने उल्लेख गरिएको छ ।

हालसम्म विश्वभरि पुष्टि भएका सङ्क्रमणको सङ्ख्या ३० लाख नाघिसकेको बेला दुई लाख ३०,००० जनाभन्दा बढीको मृत्यु भएको छ ।

jackson ribon