birat ribon

हरेक परिवारमा कोरोना परीक्षण गर्न निर्देशन

Neuro
हरेक परिवारमा कोरोना परीक्षण गर्न निर्देशन

काठमाडौं, १९ वैशाख । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले सरकारलाई हरेक परिवारको एकजनाको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न निर्देश गरेको छ ।

Padelux insider
cura insider

समितिको शुक्रबारको बैठकले यसका लागि विस्तृत कार्ययोजना बनाई लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश पनि गरेको छ ।

समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई आमन्त्रण गरेको थियो ।

बैठकले सङ्क्रामक रोग ऐन, २०२० को मापन र मूल्याङ्कनको प्रारम्भिक निष्कर्ष तथा तत्काल विद्यमान महामारी रोकथाम, नियन्त्रण एवं निर्मूल गर्ने सन्दर्भमा सो निर्देशसमेत दिँदै सुझाव समेत दिएको छ ।

समितिका सभापति परशुराम मेघी गुरुङले सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अहम् भूमिका निर्वाह गरेको र अब थप जोखिम बढ्न नदिनका लागि प्रत्येक परिवारका एकजनामा परीक्षण गर्नुपर्ने बताए ।

अहिलेसम्म ५८ हजार ८७१ जनाको कोभिड–१९ परीक्षण गरिएको छ । पिसिआर १५ ठाउँमा र आरडिटी ७५ जिल्लामा गरिएको छ ।

नेपालमा अहिलेसम्म ५७ जनामा सो सङ्क्रमण भएकामा १६ जना सफल उपचारपछि घर फर्किएका छन् ।

बैठकले स्वास्थ्य सामग्रीको भण्डारणलाई प्राथमिकताका साथ सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकअनुरुप व्यवस्थापन तथा राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न पनि निर्देश दिएको छ ।

उहाँले कोभिड–१९ को रोकथाम, नियन्त्रण एवं निर्मूललगायत सम्पूर्ण व्यवस्थापनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन दीर्घकालीन रुपमा कानूनी व्यवस्थाका सम्बन्धमा गर्नुपर्ने कार्य र तत्काल गर्नुपर्ने कार्य गरी दुई किसिमले निर्देश दिइएको जानकारी गराए । रासस

jackson ribon