एजेन्सी, १९ वैशाख । पछिल्लो तथ्यांकअनुसार रुसमा कोरोना भाइरस संक्रमितको संख्या एक दिनमा झन्डै ८ हजार पुगेको छ ।

२४ घण्टामा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमितहरू रेकर्ड गरिएको बेला यो संख्या हालसम्मकै उच्च देखिन्छ ।
रुसमा १ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला भने नयाँ सङ्क्रमितको सङख्या बढ्ने क्रम जारी नै रहेको छ ।
रुसमा हालसम्म १ लाख १४ हजार ४ सय ३१ जना सङ्क्रमित छन् ।
रुसमा कोरोना भाइरसको कारण मृत्यु हुने संख्या ९६ पुगेको तथ्यांकले देखाएको छ ।
योसँगै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ६९ पुगेको छ ।
रुसमा हालसम्म १३ हजार २ सय २० जना उपचारपछि निको भएर घर फर्केका छन् भने १ लाख ४२ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोना संक्रमण भएको छ ।
अहिले उनलाई अस्पताल भर्ना गरिएको छ । रुसमा बिहीबार एकै दिन प्रधानमन्त्रीसहित ७ हजार ९९ जनालाई संक्रमण पुष्टि भएको थियो ।