birat ribon

भारतमा सार्वजनिक स्थलमा मास्क फ्याँके ५ हजार रुपैयाँ जरिवाना

Neuro
भारतमा सार्वजनिक स्थलमा मास्क फ्याँके ५ हजार रुपैयाँ जरिवाना

एजेन्सी, १९ वैशाख । भारतको केरला राज्यमा रहेको वायनाड प्रहरीले सार्वजनिकस्थलमा मास्क फ्याँक्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ ।

Padelux insider
cura insider

मास्क, जुन अहिले कोभिड १९ महामारीको कारण सामान्य भइसकेको छ, अब धेरै स्थानहरूमा फोहोरको कारण बनिरहेका छन् ।

यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न केरलाको वायनाडमा प्रहरीले मास्क फ्याकेर सडकहरू फोहोर पारेका मानिसहरूलाई ५ हजार रुपैयाँ जरिवाना लगाउने छन् ।

वायनाडका पुलिस अधीक्षक ई राजारामले भने, ‘अपराधीहरूलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने छौं र यदि उनीहरू जरिवाना तिर्न नमानेमा उनीहरूविरुद्ध महामारी ऐनको प्रावधानहरूअन्तर्गत मुद्दा दर्ता गर्नेछौं जसमा अधिकतम ५ वर्षको जेल सजाय हुन्छ। हामीले फोहोरलाई निरुत्साहित गर्न आवश्यक भएको हुँदा भारी जरिवाना राख्नु आवश्यक छ ।’

स्वास्थ्य विज्ञहरूका अनुसार फ्याकिएका मास्कहरूले कोभिड-१९ को फैलावट गर्न सघाउन सक्छ ।

वायनाडमा पसलहरूले सेनिटाइजरहरू वा साबुनहरू ग्राहकहरूलाई उपलब्ध नगराएमा उनीहरूलाई पनि जरिवाना तिराइने छ ।

उनीहरूले पहिलो अपराधको लागि १ हजार रुपैयाँ र त्यसपछिको अपराधको लागि ५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

महामारीका दिनहरूमा मास्कहरू हाम्रो जीवनको भाग हुन् तर यसका साथसाथै हामीले यसलाई कसरी प्रयोग गर्ने र डिस्पोज गर्ने पनि जान्नु आवश्यक छ ।

‘मास्कमा कुनै सम्झौता गरिने छैन । यसले कोभिड-१९ मात्र होइन, अन्य श्वासप्रश्वासको संक्रमणहरूको पनि फैलाउन सक्छ’, आइएएस अफिसर तथा डा अडीला अब्दुल्लाले बताएकी छिन् ।

jackson ribon