birat ribon

ऋषि कपूरलाई करिश्मा र करीनाको अन्तिम अलबिदा

Neuro
ऋषि कपूरलाई करिश्मा र करीनाको अन्तिम अलबिदा

विराटनगर, १९ वैशाख । बलिउड अभिनेत्री करीना कपूरले उनका काका ऋषि कपूर र पति सैफ अलीखान एक फ्रेममा रहेको गीत क्लिप सेयर गरेकी छिन् ।

Padelux insider
cura insider

बिहीबारका दिन निधन भएको ऋषिले सन् २००४ को फिल्म हम तुममा सैफका बुबाको भूमिका निर्वाह गरेका थिए ।

करीनाले इन्स्टाग्राममा हार्ट इमोजीको साथ भिडियो सेयर गरेकी हुन् ।

भिडियोमा ऋषिले आफ्नो डेब्यू फिल्म बबीको में सायर तो नही गीत गुनगुनाइरहेका छन् भने सेफले ऋषिलाइ ड्रिंक अफर गरेका छन् ।

ऋषिको मृत्युको केही घण्टापछि, करीनाले सोशल मीडियामा उनको काका (जसलाई उनि मायाले चीन्टु अङ्कल भनेर बोलाउँथिन्) लाई अन्तिम अलबिदा दिनका लागि उनको बुबा रणधीर कपूर र काकाको बाल्यकालको तस्विर पोष्ट गर्दै पापा र चीन्टु अङ्कल भनेर लेखेकी छिन् ।

करीनाकी दिदी करिश्माले पनि ऋषि कपूरको मृत्युमा शोक व्यक्त गरेकी छिन् ।

उनले आफ्नो बच्चाबेलाको आफ्नो बुबा र काकासँगको एउटा पुरानो तस्विर सेयर गर्दै सँधै परिवारको हेरचाह गर्ने लेखेकी छिन् ।

करिश्माले सेयर गरेको फोटोमा ऋषि कपूरले ठूलो प्यान्ट र सनग्लास लगाएको देखिन्छ ।

बिहीबार करीना र सैफ दुबै एच।एन। रिलायन्स अस्पतालमा थिए जहाँ ऋषि कपूरले दुई वर्षको ल्युकेमियासँग संघर्ष गरेपछि देह त्याग गरेका थिए ।

६७ वर्षे अभिनेताको बिहीबारको दिन साँझ ४ बजे मुम्बईको चन्दनवाडी शवगृहमा दाहसंस्कार गरियो । भारी सुरक्षाअन्तर्गत मुम्बईको एक निजी समारोहमा, उनको परिवारले कोरेना भाइरसको प्रसारलाई रोक्न भारतले सार्वजनिक जमघटमा प्रतिबन्धको अनुसरण गर्न फ्यानहरूलाई आग्रह गरेका थिए ।

आलिया भट्ट, आधार जैन र अभिषेक बच्चन परिवारलाई नैतिक समर्थन गर्न साथ थिए ।

jackson ribon