नयाँ योजनामा बजेट छुट्टयाउन राष्ट्र बैंकलाई समस्या

काठमाण्डौ , १९ बैसाख । नेपाल राष्ट्र बैंकले नयाँ योजनालाई बजेट छुट्टयाउन नसकिने बताएको छ ।
चालु योजनाहरु अगाडी बढाउन अहिलेको स्रोत र सीमाहरु अर्याप्त रहेकाले नयाँ योजनकालागि बजेट छुट्टयाउन सक्ने राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने बताए ।

उनले भने , ‘हिजो तयार भएका योजनालाई पुनः प्राथमिकिकरण गर्नु पर्ने हुन्छ सबै योजना सोचेजस्तै टाइमलाइनमा जान समस्या छ झन नयाँ योजनाहरुका लागि थप प्लानिङ नै गर्नुपर्ने हुन्छ । ।’’

उनका अनुसार राष्ट्र बैकले साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी पुर्नकर्जा सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ ।

पुर्नकर्जाको प्रकृया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणिहरुले मात्रै पहुँच पाएकोले कार्यविधि परिमार्जन गर्न लागेको गर्भनर अधिकारीले बताए ।

उनका अनुसार सानो भन्दा सानो ग्राहकले पनि पहुँच पाउने गरी छरिता प्रकृयाकालागि बैकले कार्यविधि बनाउँदैछ ।

Loading...