birat ribon

रोनाल्डोबाट प्रेरित हालान्ड

Neuro
रोनाल्डोबाट प्रेरित हालान्ड

एजेन्सी, १९ वैशाख । जर्मन क्लब बोरुसिया डर्टमुण्डका युवास्टार इयर्लिङ हालान्डले आफू क्रिस्टियानो रोनाल्डोबाट प्रेरित भएको बताएका छन् ।

Padelux insider
cura insider

नर्वेजियन स्टार हालान्डले ‘ईएसपीएन’सँगको अन्तर्वार्तामा आफू रोनाल्डोबाट प्रेरित भएको बताएका हुन् ।

१९ वर्षीय हालान्ड यसै सिजन मात्र अष्ट्रियन क्लब साल्जबर्गबाट जर्मनी आएका हुन् । गत जनवरीमा मात्र डर्टमुण्ड आएका हालान्डले ११ खेलबाट १२ गोल गरेका छन् ।

बुन्डेसलिगामा आफ्नो प्रभाव राख्न सफल युवा स्टार हालान्डले आफू रोनाल्डोबाट प्रभावित भएको बताएका हुन् ।

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो प्रेरणाको स्रोत भएको बताउँदै हालान्डले भने, ‘तपाईं रोनाल्डोको अनुहारमा जे देखिरहनु भएको छ, आज मेरो अनुहारमा पनि त्यहीँ छ । म पनि त्यसरी नै गोल गर्नेछु, जसरी रोनाल्डोले गर्नुहुन्छ । म उहाँबाट प्रेरित छु । उनको प्रभाव ममा छ ।’

jackson ribon