birat ribon

नेपालमा थप दुई जनामा कोरोना पुष्टि

Neuro
नेपालमा थप दुई जनामा कोरोना पुष्टि

विराटनगर, १९ वैशाख । नेपालमा दुई जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार नेपालमा दुई जना नयाँ संक्रमित थपिएका हुन् ।

आज विज्ञप्ति जारी गरी मन्त्रालयले बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार रुपेन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।

jackson ribon