birat ribon

झापा र उदयपुरमा किट पुगेन, मन्त्रालय भन्छ– देशैभर पर्याप्त छैन

Neuro
झापा र उदयपुरमा किट पुगेन, मन्त्रालय भन्छ– देशैभर पर्याप्त छैन

विराटनगर, १९ वैैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको उदयपुर र झापामा स्वाब संकलन गर्ने सामाग्री अभाव भएको छ । २८ जना संक्रमित देखिएको उदयपुर र दुईजना संक्रमण देखिएको झापामा स्वास्थ्य सामाग्री अभाव भएको हो ।

झापामा शंकास्पद २ सय ३० जना शंकास्पदको परीक्षण गरिएको छ । थप एक सय ५० जना शंकास्पदको परीक्षण गर्नुपर्नेछ । तर जिल्ला जनस्वास्थ्य कार्यालयसँग ५० वटा मात्र पीसीआर टेष्टका लागि स्वाब संकलन गर्ने भिटिएम सामाग्री छ ।

cura insider

जिल्लामा पर्याप्त सामाग्री नभएको जनस्वास्थ्य कार्यालय झापाका उपप्रमुख जीवन चौलागाईले बताए ।

उनका अनुसार झापामा संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका ८४ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ । त्यस्तै अर्काे ५० वर्षीय संक्रमितको सम्पर्कमा आएका ६३ जनाको नमूना संकलन गरिएको छ ।

जिल्लाका अन्य स्थानमा भएकाहरूको परीक्षणका लागि पर्याप्त सामाग्री नभएका कारण पुनः माग गरिएको बताए ।

समयमा नै सामान आएको भए काम सक्थौं

उदयपुरको त्रियुगा नगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’ हो । तर समयमा नै स्वास्थ्य सामाग्री नआउँदा परीक्षण गर्न समय लागेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी बताउँछन् ।

‘सुरुमा त संघ र प्रदेशले समन्वय गर्न चासो दिएन,’ उनले भने, ‘अहिले कोर्डिनेशन भएको छ, सामान पर्याप्त भए परीक्षण सकिसक्थ्यो ।’ उनले सरकारले सामान उपलब्ध नगराउँदा त्रासमा बस्नु परेको बताउँछन् ।

एकजना कोरोना संक्रमित भेटिएको भोजपुरमा आरडिटी परीक्षण गर्ने किट पर्याप्त रहेको जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फडिन्द्र कार्की बताउँछन् ।

‘संक्रमितको सम्पर्कमा आएका १४ जनाको पीसीआर र ५२ जनाको आरडिटी परीक्षण गरेका छौं,’ उनले भने, ‘स्वास्थ्य सामाग्री पर्याप्त छन् । हामी परीक्षण पनि गरिरहेका छौं ।’

मन्त्रालयका विज्ञ भन्छन् – ‘देशभर गाह्रो छ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ डाक्टर रोशन पोखरेल देशभर नै स्वास्थ्य सामाग्री पर्याप्त नभएको बताउँछन् ।

महामारीका कारण विश्वभर सामाग्री अभाव भएको बताउँदै उनले थप सामाग्री ल्याउने तयारी भइरहेको बताए । सबै जिल्लामा केही मात्रामा सामाग्री पठाएको बताए ।

प्रदेश एक सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहता पर्याप्त नभएपनि आवश्यकता परेका स्थानहरूमा सामाग्री पठाइरहेको दाबी गर्छन् ।

jackson ribon