birat ribon

काेशीमा काेराेना परीक्षण गर्ने किट अभाव, संकलित नमुना जाँच गर्न सकस

Neuro
काेशीमा काेराेना परीक्षण गर्ने किट अभाव, संकलित नमुना जाँच गर्न सकस

विराटनगर, १९ वैशाख । विराटनगरको कोशी अस्पतालमा कोरोना परीक्षण गर्ने ‘रिएजेण्ट’ अभाव भएको छ । अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट अभाव भएको हो ।

प्रदेश १ मा मात्र ३१ जना कोरोना संक्रमित छ । उदयपुरमा २८, झापामा २ र भोजपुरमा एकजनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएको स्थानमा परीक्षणको दायरा बढाउनुपर्ने भएपनि कोशी अस्पतालमा रिएजेन्ट अभाव भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।

cura insider

पाँच दिनयता किट नहुँदा समस्या भएको उनले बताइन् । ‘सामान नहुँदा अटोमिटक मेसिन चलेको छैन । परीक्षण गर्दा मेनुअल नै गर्नुपर्छ,’ उनले भनिन्, ‘मन्त्रालयमा दुई पटक जानकारी गराएका छौं, अब आउछ होला ।’

अटोमेटिक मेसिनमा प्रयोग हुने ‘आरएनए एक्ट्रयाक्टर किट’ परीक्षण थप झन्झटिलो बनेको उनको भनाइ छ । ‘मेसिनबाट एकै पटक ७२ जनाको परीक्षण गर्न सकिन्छ,’ उनले भनिन् ‘छिटो पनि हुन्छ । तर मेनुअल रूपमा गर्दा समय धेरै लाग्छ । परीक्षण थोरै हुन्छ ।’

कोशी अस्पतालले बिहीबार साझसम्म ५ सय ८३ जनाको कोरोना परीक्षण गरेको छ । जसमा २२ जनालाई पोजिटिभ देखिएको थियो । अस्पतालमा ‘आरएनए एक्ट्रयाक्टर किट’ नभएको उनले बताए ।

मन्त्रालयमा पनि छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेल मन्त्रालयसँग पनि किट पर्याप्त नभएको बताउँछन् ।

‘आरएनए एक्ट्रयाक्टर किट’ मन्त्रालयमा पनि एक हजार मात्र रहेको उनले बताए । मन्त्रालयले आवश्यकता अनुसार सामाग्री सामाग्री वितरण गरिने उनले बताए ।

jackson ribon